नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ।
काठमाडौँ– अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
आईसीसीको नयाँ वरीयताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो। क्यानडामा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो।
नेपालभन्दा तल नामिबिया १८औँ स्थानमा छ भने ओमान १९औँ स्थानमा छ। त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई) २०औँ स्थानमा छ। यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ। अमेरिकाले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लेको हो। क्यानडाले चार स्थान सुधार गर्दै १५औँ स्थानमा पुग्यो।
नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। त्यसैगरी पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौँ, श्रीलंका छैटौँ, इंग्ल्यान्ड सातौँ, बांग्लादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशाैँ स्थानमा छ। स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्यान्ड्स चौधौँ स्थानमा छ।
त्यसैगरी आईसीसीले जारी गरेको ‘अलराउन्डर’तर्फको वरीयतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन्। अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औँ स्थानमा उक्लिएका छन्। अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन्।
अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ तथा सोमपाल कामी ५३औँ स्थानमा छन्। आईसीसीले जारी गरेको बलिङतर्फको वरीयतामा भने सन्दीप ४८औँ स्थानमा यथावत् रहेका छन्। करणले चार स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फको वरीयतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औँ स्थानमा पुगेका छन्। यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औँ स्थानमा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
