देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत रहेको छ। जसको प्रभावले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
