पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

फाइल तस्वीर

बागमती– अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। 

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी रहेको छ।