तोलामा १ लाख ६० हजार ७०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य नेपाली बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ। चाँदी बुधबार तोलामा १ हजार ९५५ मा कारोबार भएको थियो। बिहीबार पनि सोही मूल्यमा कायम भएको छ।