नेप्से परिसूचक ३२.८१ अंकले घट्यो, ४ अर्ब ८४ करोडको शेयर कारोबार

बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर ७४७.४५ को विन्दुमा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कुल एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ। 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु ५.०६, एसबीएल डिवेन्चर ५.०५, एनआईसी एशिया डिवेन्चर ४.५६ र एनएमबी डिवेन्चरका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाएका छन्।

ग्रिन भेन्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ६.७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतले गुमाएका छन्।