विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।
काठमाडौँ– कोशी ब्यारेजबाट बिहीबार बेलुका यात्रुवाहक बस नदीमा खसेको छ। विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको बस बिहीबार बेलुका ६ बजेतिरको समयमा अनियन्त्रित भई नदीमा खसेको हो।
सप्तरी प्रहरीका अनुसार बिहीबार बेलुका ६ बजेर १० मिनेटको समयमा को१ख ४६०१ नम्बरको बस सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित ३५ नम्बरको ढोकाबाट अनियन्त्रित नदीमा खसेको हो। ब्यारेजको ढोकादेखि दक्षिण साइडमा रहेको वाल भत्काइ नदीमा बस खसेको हो।
बसमा सवार सबैको प्रहरी र स्थानीयको सहयोग उद्धार गरिएको छ। बसमा चालक, सहचालक र यात्रुहरूसहित जम्मा १७ जना रहेको प्रहरीको भनाइ छ।
सबैको उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता कुन्डिराज न्यौपानेले बताए।
उनका अनुसार बसका चालक सिरहा लहान नरपालिका–८ बस्ने ३५ वर्षीय चन्दनकुमार मेहतालाई ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
