माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
खोटाङ– माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोशीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो।
मगर मंगलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए। बेपत्ता भएका मगरलाई स्थानीय बासिन्दा र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो।
केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले नदी धमिलिँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मंगलटारका वडाध्यक्ष गन राईले जानकारी दिए।
“कोशीमा बाढी आइरहेको छ। गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो,” उनले भने, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ। कोशीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
