बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।
पूर्वी भारतमा हिन्दू पर्व जितिय मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।
बिहार राज्यको विपद् व्यवस्थापन विभागका अधिकारीका अनुसार हालै आएको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नानका क्रममा छुट्टाछुट्टै घटनामा डुबेर उनीहरूको मृत्यु भएको हो।
राज्यका १५ जिल्लामा मंगलबारयता भएका घटनामा दुई जना पुरुषको पनि मृत्यु भएको छ। पोखरीमा डुबेर सबैभन्दा बढी आठ/आठ जनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ।जितिया पर्व छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ।
बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गत वर्ष पनि बिहारमा यही पर्वका दिनमा २२ जनाको डुबेर मृत्यु भएको थियो। तीमध्ये अधिकांशको यही पर्व मनाउने क्रममा ज्यान गएको थियो।
भारतमा प्रमुख धार्मिक पर्वका बेला पूजास्थलमा घातक घटना हुनु सामान्य हो। अधिकांश ठूला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रमा निस्कन्छन्। गत जुलाईमा प्रदेशमा भिडभाड भएको एउटा हिन्दू समारोहमा कम्तीमा ११६ जनाको कुल्चिएर मृत्यु भएको थियो।
भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ। मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण भए पनि पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ। यसले दक्षिण एशियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ।
गत जुलाईमा दक्षिण भारतको केरल राज्यमा मुसलधारे वर्षाले पहिरो जाँदा चिया बगान चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटना बढेका छन्। भारतमा बाँध निर्माण, वन फडानी र विकास परियोजनाले पनि मानवीय क्षतिलाई बढाइरहेका छन्।
बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू शक्तिशाली र अनियमित हुँदै गएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
