देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा वर्षा

देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको उत्तर मध्य महाराष्ट्र र आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्नेछ।

यसैगरी, राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।