बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन भने मुस्किल छ।
सुदूरपश्चिम– बाजुराका धनबहादुर रावल स्याउ बिक्रीका लागि धनगढी पुगेका छन्। चाडपर्व नजिकिएसँगै स्याउको माग बढेपछि उनलाई स्याउ बिक्री गर्न कुनै समस्या परेन। तर गाउँबाट स्याउ ढुवानी गरेर बजार पुर्याउन भने उनले निकै सास्ती खेप्नु परेको छ।
“बुधबार धनगढी ल्याइपुर्याएको ४१७ पेटी (६ हजार २५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो,” उनले भने, “गाउँमा फलेको अर्ग्यानिक स्याउ ग्राहकको रोजाइमा पर्न थालेको छ। बजार ल्याउन गाह्रो। ल्याएपछि बिक्री नहोला भन्ने समस्या छैन।”
वर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध भएपछि कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै धनगढीमा स्याउ बिक्रीका लागि ल्याएका थिए।
बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार १०० स्याउका बोटमध्ये यस वर्ष ३०० बोटमा स्याउ फलेको थियो। धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा ७० हजार रुपैयाँ परेको थियो।
माग बढे पनि किसानले उचित मूल्य भने नपाएको गुनासो गरेका छन्। उत्पादनमा संलग्न किसानले अहिले प्रतिकिलो ४० रुपैयाँ मात्रै मूल्य पाएका छन्। यो स्याउ धनगढी बजारमा भने १२० रुपैयाँमा बिक्री भएको छ। बाजुराबाट सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको बिक्रेताको भनाइ छ ।
सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन पनि मुस्किल छ। बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। उत्पादन स्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको छ।
बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन्। धनगढीका फणीन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए। सुदूरपश्चिम प्रदेशको धनगढीलगायत शहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
