बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशत वृद्धिको लक्ष्य राखेको छ।
बैंकले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै चीनले वित्तीय बजारमा १ खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिने प्रयास गरेको छ।
चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा नयाँ समस्या भएको स्वीकार गरेको एक दिनपछि आएको हो।
बेइजिङले आफ्नो कमजोर अर्थतन्त्रलाई बढवा दिन विभिन्न उपाय घोषणा गरेको छ। उसले यस वर्ष पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ। विश्लेषकले धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य अत्यन्त आशावादी भएको बताएका छन्।
केन्द्रीय बैंकले प्रमुख दरलाई १.७ प्रतिशतबाट घटाएर १.५ प्रतिशत बनाएको घोषणा गरेको छ। रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण संकट, सुस्त घरेलु उपभोग र उच्च युवा बेरोजगारीका कारण चीनमा विकासमा गिरावट आइरहेको छ।
प्रमुख दर कटौती र आवास खरिदलाई प्रोत्साहित गर्ने बेइजिङले घोषणा गरेका विभिन्न उपायलाई लगानीकर्ताले स्वागत गरेका छन्। सांघाई र हङकङका शेयरहरूमा यस साता हालसम्म नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
नेताहरूले पाँच प्रतिशत वृद्धि लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको विश्लेषकहरूले बताएका छन्। “बेइजिङ अन्ततः आफ्नो बाजुका प्रोत्साहन कार्यक्रम शुरू गर्न दृढ देखिन्छ,” नोमुराका प्रमुख चीन अर्थशास्त्री टिङ लूले भने, “अर्थतन्त्रको गम्भीर स्थितिको बेइजिङको स्वीकारोक्ति र टुक्रामा विभक्त दृष्टिकोणमा सफलता नभएको कुरालाई बजारले महत्त्व दिनुपर्छ।”
यसैबीच अधिकारीहरूले मुलुकका ठूला सरकारी बैंकहरूमा १ खर्ब ४० अर्ब डलरभन्दा बढी लगानी गर्नेबारे विचार गरिरहेको ब्लुमबर्गले बताएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि यस प्रकारको पहिलो ठूलो पूँजी लगानी हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
