धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
काठमाडौँ– अविरल वर्षासँगै खसेको पहिरोका कारण त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–काठमाडौँ सडक अवरुद्ध भएको छ।
शुक्रबार दिउँसो धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठका अनुसार निरन्तरको वर्षाका कारणका पहिरो पन्छाउन समस्या भइरहेको छ।
पहिरो ठूलो भएको र लगातार लेदो सडकमा बगिरहेकाले पहिरो पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ।
देशभर मनसुनी वायुको प्रभावका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसम विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
