जलमग्न कुलेश्वर क्षेत्र (तस्वीरहरू)

बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेकाे छ।

काठमाडौँ– काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित छ। कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, ललितपुरको लेलेमा ११५.५ र गोदावरीमा ९३.८ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। निरन्तरको वर्षाका कारण जम्मा भएको भलपानीले निकास नपाउँदा शुक्रबार काठमाडौँ कुलेश्वर क्षेत्र डुबानमा परेको छ। हेर्नुहोस् तस्वीरहरू: