समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएसँगै नेपाल एएफसी यु२० एशिया कप छनोटबाट बाहिरिएको छ।
काठमाडौँ– एएफसी यु२० एशियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।
चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा शुक्रबार भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०–४ गोल अन्तरले पराजित भएको हो। यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु२० एशियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ।
नेपालले चार खेलमा तीन अंक मात्र जोडेको छ। पहिलो खेलमा कम्बोडियासँग ४–१ गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६–० गोल अन्तरले पराजित भएको थियो।
यस जितसगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ। बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्बेकिस्तानको सामना गर्नेछ। बहराइनले शुक्रबार खेलको पहिलो हाफमा दुई गोल गर्यो भने खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो।
समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन्। सन् २०२५ मा हुने एएफसी यु२० एशियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ। जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु२० टोली एसियन कपमा छनोट हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
