मकवानपुर प्रशासनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बागमती– अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले शुक्रबार साँझ सूचना जारी गर्दै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको बताएका छन्। उनले बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने उनको भनाइ छ। उनले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’मा रहन आग्रह गरे।
मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्न उनको अनुरोध छ।
हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडक अवरुद्ध
अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडक अवरुद्ध भएका छन्। मकवानपुरको बकैया गाउँपालिका—१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा बिहीबारदेखि अवरुद्ध कान्तिलोकपथ सडक अझै सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै, भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका—२ सिमखोलास्थित खहरे खोलामा पानीको बहाब बढेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका—२ सुकौरास्थित भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ। वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—३ रामचन्द्र भन्ज्याङस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका—११ आँपचौर र लाम्राङस्थित कान्तीलोकपथ सडकखण्डमा पहिरो खसेर यहाँ पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो हटाउने कार्य भइरहे पनि वर्षा जारी रहेकाले समस्या भइरहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
