अन्नपूर्ण चोकनजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलामा मोटरसाइकलसहित खसेका एक जना बेपत्ता भएका छन्।
काठमाडौँ– काठमाडौँको वनस्थलीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।
काठमाडौँ महानगरपालिका–१५ वनस्थलीस्थित अन्नपूर्ण चोकनजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले मोटरसाइकलसहित एक जनालाई बगाएको हो।
प्रहरीका अनुसार शुक्रबार साँझ ६ः१५ बजेतिर सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो। उनी बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकालिएको छ। चालक श्रेष्ठ भने बेपत्ता छन्। हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
