बागमतीको बाढीले काठमाडौँको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ। गाडी हिँड्ने पक्की पुल माथिबाट बाढी बगेको छ।
काठमाडौँ– अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोला उर्लिएका छन्।
जलसतहले खतरा तह पार गरेर बाढी बस्तीमा पसेको छ। नदी किनार र होचा स्थानमा बाढीले वितण्डा मच्चाएको छ ।

बाढीले बालकोट, च्यासल, अनामनगर, शंखमुल, यूएनपार्क, कुपण्डोल, टेकु, बल्खु क्षेत्र जलमग्न भएको छ। नदी करिडोर आसपासमा बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित एको छ।
बाढीले आवतजावत पनि प्रभावित भएको छ। बागमतीको बाढीले काठमाडौँको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ। गाडी हिँड्ने पक्की पुल माथिबाट बाढी बगेको छ।

यसैबीच हनुमन्ते खोलामा आएको बाढीले एउटा ग्यास बुलेट बगाएको छ। उक्त ग्यास बुलेट ललितपुर च्यासलस्थित पुलमा अड्किएको प्रहरीले जनाएको छ।
प्रहरी परिचालन गरिए पनि पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ। बुलेटबाट ग्यास चुहिरहेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
