काठमाडौँको नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ पुरिए

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको परिचय भने खुलेको छैन।

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ इचंखुनारायण मन्दिर नजिकै‍का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

घर भत्किँदा अन्य तीन जना पुरिएका छन्। उनीहरू सबैको परिचय भने खुलेको छैन। उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ।