भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु

कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन्। 

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका उनीहरू पहिरोमा पुरिएका हुन्। 

अविरल परेको वर्षाका कारण भक्तपुरका १५ वटा टोलबस्ती डुबानमा परेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौँको क्षति भएको छ।