सिस्नेरीस्थित एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएको आशंका

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा ६ विद्यार्थी बेपत्ता भएका हुन्।

मकवानपुर– इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन भएका छन्।

उनीहरू शनिबार बिहानदेखि बेपत्ता भएको सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले बताए। 

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएका हुन्। उनीहरू पहिरोमा पुरिएको हुनसक्ने

न्यौपानेले बताए। स्थानीय र प्रहरीले खोजी जारी राखेका छन्।

एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।