बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तीन दिनदेखिको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने बताए।
काठमाडौँ– तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिए।
“आज बेलुकादेखि नै वर्षा केही मत्थर हुन शुरू हुन्छ तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ,” उनले भने। आइतबारदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ।
“बादल फाट्न चैँ केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ,” पराजुलीले भने, “पूर्वझापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो।”
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ। अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यस वर्षको मनसुन बाहिरिनेछ।
शाखाले बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ। नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन्।
पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन्। समग्रतामा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्यांक छ। “कहीँ त्योभन्दा बढी र कहीँ २०० मिलिमिटरसम्म वर्षा भएको छ”, प्रमुख पराजुलीले भने।
चौबीस घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ। १०७ वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ। यस पटक ७७ वटै जिल्लामा वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन। बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ। शाखाले वेबसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
