झ्याप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको धादिङ प्रहरीले जनाएको छ।
धादिङ– धादिङ र काठमाडौँको सीमा क्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ।
शनिबार बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीन वटा सवारीसाधन पहिरोमा पुरिएका थिए। ती सवारीसाधनमध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रह्लाद सिलवालले जानकारी दिए।
बसमा चालकसहित १२ जना रहेको बताइएको छ। “बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ। अहिलेसम्म यात्रुहरू कोही पनि सम्पर्कमा छैनन्”, उनले भने।
देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँ–ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
