झ्याप्ले खेलामा पहिरोले पुरिएका दुई वटा सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।
काठमाडौँ– धादिङ र काठमाडौँको सीमा क्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्ले खेलामा पहिरोले पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।
शनिबार बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीन वटा सवारीसाधन पहिरोमा पुरिएका थिए। ती सवारीसाधनमध्ये नम्बर नखुलेको बसबाट नौ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। त्यस्तै, लु१ज ४५७८ नम्बरको माइक्रोबाट पाँच जनाको शव निकालिएको छ।
काठमाडौँ र धादिङबाट खटिएको प्रहरी टोलीबाट उद्धार तथा खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड अहिले क्षतविक्षत भएको छ। जसका कारण देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको यो खण्ड बिहीबार साँझदेखि अवरुद्ध छ।
सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु मर्कामा परेका छन्। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
