इमेज सहकारीको बचत रकम हिनामिनाको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीसहित दुई जनालाई सीआईबीले बागलुङ पठाएको छ।
काठमाडौँ– सहकारीको बचत रकम हिनामिनाको आरोपमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित दुई जना पक्राउ परेका छन्।
उनी इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराका सञ्चालक समितिका उपाध्यक्षसमेत हुन्।
सहकारीका बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलनको आरोपपछि फरार भएका नेपालीलाई खोज्न प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो।
त्यसपछि भारतको दिल्लीमा पक्राउ परेका उनीहरूलाई शनिबार नेपाल ल्याइएको हो। पक्राउ परेका अर्का व्यक्ति नेपालीसहित ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जी हुन्। प्रहरीले उनलाई पनि इमेज सहकारीको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई बागलुङ पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
बचतकर्ताले नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० शेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
