काठमाडौँ उपत्यकामा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, १५ जना बेपत्ता

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बाढीबाट काठमाडौँमा १६ जना, ललितपुरमा २२ जना र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

काठमाडौँ— दुई दिनको अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकामा मात्रै ४३ जनाले ज्यान गुमाएका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी विनोद घिमिरेका अनुसार आइतबार दिउँसो तीन बजेसम्म काठमाडौँ उपत्यकामा ४३ जनाले ज्यान गुमाएका छन्। 

बाढीबाट काठमाडौँमा १६ जना, ललितपुरमा २२ जना र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। काठमाडौँ उपत्यका प्रहरीका अनुसार १५ जना घाइते भएका छन्। काठमाडौँमा १५, ललितपुरमा १, भक्तपुरमा दुई जना घाइते भएका छन्।

अहिलेसम्म दुई हजार १५५ जनालाई उद्धार गरिएको छ। उपत्यकामा १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। एक जना काठमाडौँमा र १४ जना ललितपुरमा बेपत्ता छन्।