जितका लागि १७७ रनको लक्ष्य पाएको ओमान १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो।
काठमाडौँ– क्यानडामा जारी त्रिदेशीय टी-२० सिरिज क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो। जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो। ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए। त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे।
ओमानलाई १३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे। रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७६ रनको योगफल बनाएको थियो।
नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए। उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन्। त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए। उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए। आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए। आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए। अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे।
त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए। बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए।
त्रिदेशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो। नेपालले अब तेस्रो खेल मंगलबार क्यानडासँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
