कोरियाली के–पप तथा चर्चित ब्यान्ड बीटीएसका स्टार गायक सुगालाई रक्सी सेवन गरी विद्युतीय स्कुटर चलाएको आरोपमा १५ मिलियन कोरियाली वोन जरिबाना गरिएको छ।
कोरियाली के–पप तथा चर्चित ब्यान्ड बीटीएसका स्टार गायक सुगालाई रक्सी सेवन गरी विद्युतीय स्कुटर चलाएको आरोपमा १५ मिलियन वोन (१५ लाख ३६ हजार रुपैयाँ) जरिबाना गरिएको छ।
सोलको जिल्ला अदालतले गत शुक्रबार जरिबाना तोकेको बीबीसीले जनाएको छ।
सुगाको वास्तविक नाम मिन युन गी हो। गत अगस्टमा उनीमाथि मापसे गरेर सवारी चलाएको अभियोग लगाइएको थियो। त्यतिबेला प्रहरीले सुगालाई उनको सियोलको घर नजिकै स्कुटरबाट खसेपछि उठ्न खोज्दै गरेको अवस्थामा फेला पारेका थिए। उनको रगतमा अल्कोहलको मात्रा ०.२२७ प्रतिशत थियो, जुन न्यूनतम सीमा ०.०८ प्रतिशतभन्दा धेरै हो।
उनको सवारी इजाजतपत्र पनि खारेज गरिएको छ। उनले अगस्टमा आफ्नो बचाउको लागि माफी मागेका थिए। साथै घर नजिकै छोटो दुरी भएकाले स्कुटर चलाएको बताएका थिए। र उनले विद्युतीय स्कुटरमा यस्तो नियम लागू हुन्छ भन्नेबारे बिर्सिएको बताएका थिए। साथै उनले आफूले गरेको गल्तीको प्रायश्चितसमेत गरेका छन्।
“मेरो लापरबाही र गलत व्यवहारबाट दुखित भएकाहरुसँग म माफी माग्छु र भविष्यमा यस्तो नदोहोरिने कुरा सुनिश्चित गर्नेछु,” उनले एक विज्ञप्तिमा भनेका छन्।
दक्षिण कोरियामा के–पप कलाकारहरु सामान्यतया स्वच्छ छवि प्रस्तुत गर्ने अपेक्षा गरिन्छ। यद्यपि सुगाका धेरै फ्यानहरूले उनको रक्षामा जुलुस गरेका थिए। ३१ वर्षीय सुगा हाल सेनामा सामाजिक सेवा एजेन्टको रूपमा सेवा गरिरहेका छन्। कोरियामा सबै नागरिकले केही समय सेनामा अनिवार्य काम गर्नैपर्ने हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
