अस्तव्यस्त नख्खु खोला वरपरको क्षेत्र (तस्वीर)

आइतबारबाट पानी पर्न रोकिएसँगै नख्खु खोला करिडोर आसपासका बासिन्दा घर सफा गर्न, बाँचेका सरसामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी।  

काठमाडौँ– शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढीका कारण ललितपुरको नख्खु खोला करिडोर वरपरको क्षेत्रका घरहरू डुबानमा परेका छन्। एकतले घर भरी माटो भोरिएको छ भने टिनका घरहरू बाढीमा बगेका छन्। अधिकांश घरहरू बस्नै नमिल्ने अवस्थामा छन्। आइतबारबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका बासिन्दा घर सफा गर्न, बाँचेका सामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ। हेर्नुहोस् तस्वीरहरू: