विपद्बाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।
काठमाडौँ– केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढी, पहिरा तथा डुबानमा परी काठमाडौँ उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ। विपद्बाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल नेपालको तथ्यांक अनुसार काठमाडौँमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ। बाढीपहिरोका घटनामा परी काठमाडौँमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ। विपद्का घटनाबाट काठमाडौँमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन्।
बागमती प्रदेशका काभ्रेपलान्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात/सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ। काभ्रेपलान्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन्। काभ्रेपलान्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन्।
काभ्रेपलान्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ। यस्तै, सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ। कोशीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन/तीन, सुनसरी र इलाममा दुई/दुई, तेह्रथुम र ओखलढुंगामा एक/एक, मधेशको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।
बाढीपहिरोबाट २०४ को मृत्यु
विपद्का घटनामा परी देशभर २०४ जनाको मृत्यु भएको भने ८९ जना घाइते भएका छन्। अझै ३३ जना हराइरहेका छन्। कोशीमा २३, मधेशमा तीन, उपत्यकामा ८२, बागमतीमा ९४ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
बाढीपहिरोबाट मुलुकभर एक हजार ७८३ घर र १९ वटा पुलमा क्षति पुगेको छ। पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा तीन बेलिब्रिज बाढीले बगाएको छ। यस्तै, विभिन्न जिल्लामा पाँच वटा पक्की पुल सात वटा झोलुंगे र अन्य किसिमका चार गरी १९ वटा पुल र उदयपुरको एउटा रिसोर्ट बाढीले बगाएको छ। विपद् प्रभावित तीन हजार ४०१ जनाको हालसम्म उद्धार गरिएको तथ्यांकमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
