शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएकाहरू अहिले आ–आफ्नो सरसामान स्याहार्न जुटिरहेका छन्। उनीहरू आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन्।
काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीले ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्याएको छ। यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।
दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख रुपैयाँको बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ। कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनमा क्षति पुर्याएको छ।
“केही मेसिन पूर्ण रूपमा काम नगर्ने भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ। दशैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरसमेत बाढीले सखाप बनायो,” उनले भने।
कारखानामा २० वर्षदेखि काम गरिरहेकी लक्ष्मी प्रधानले बाढीले पुर्याएको नोक्सानीप्रति दुःख व्यक्त गरिन्। “कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो। बेलैमा काम सकेर दशैँमा घर झापा जाने तयारीमा थिएँ तर एकाएक पानी पसेर कारखानाका सबै सामान बरबाद बनायो,” उनले भनिन्। पहिलो पटक आफूले यस्तो विपत्ति देखेको पनि उनको अनुभव छ।
“पहिला अलिअलि पानी बगेर आउँथ्यो तर, यसपल्ट सामान मात्रै होइन, मान्छे नै बगाउने गरी पानी बढ्दा डर लाग्यो”, गएको दुई वर्षदेखि काम गर्दै आएका अर्का कामदार गोकुल दुलालले आफ्नो अनुभव सुनाए।
बाढीले इमाडोलमै रहेको अर्को प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ। प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित छन्। करिब एक करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको उनले बताए। “यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो । भाग्यवश घर बग्नबाट भने जोगियो,” उनले भने।
शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएकाहरू अहिले आ–आफ्नो सरसामान स्याहार्न जुटिरहेका छन्। यहाँका बासिन्दा आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन्।
बल्खु तरकारी बजारमा ३ करोडको क्षति
काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण तीन करोड बराबरको क्षति भएको छ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ। बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए। अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ। बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ।
चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैँका लागि २० लाख रुपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए। बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
