आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
सोमबार राति १२ बजे पछिबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निगमले निर्णय गरेको छ।
हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ का दरले मूल्य घटाइएको निगमले जनाएको छ।
एलपी ग्यासको मूल्य भारतबाट ४१ रुपैयाँले बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमको भनाइ छ।
इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ। त्यसैका आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्दछ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास निगमको छ। साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
