पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवैजना चालकको मृत्यु भएको हो।
गोदावरी– मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ। सोमबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलाली प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहरा घाइते भएका छन्। बोहराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
