जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।
पाटन– वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्। “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लैजानुभएको छ, अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ,” उनले भनिन्।
नेपाल प्रहरीका अनुसार मंगलबार महाकाल गाउँपालिका– २ मानिखेलका ९ वर्षीय आयुष स्याङतान, महाकाल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङतान, १४ वर्षीय अजय स्याङतान, वर्ष ११ का सुवास स्याङतान र छोरी वर्ष नौकी सलिना स्याङतानको शव फेला परेको छ।
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता छन्। प्रहरीले अद्यावधिक गरेको तथ्यांकअनुसार महाकाल– ३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन्।
त्यस्तै रौतहट घर भई ललितपुर– १४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका– ६ घर भई ललितपुर– १४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन्।
गोदावरी नगरपालिका– ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका– १ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाकाल– २ बस्ने वर्ष १२ की सञ्चिता स्याङतान, वर्ष ३५ का छविलाल स्याङतान र छविलालकी भाउजू (नाम नखुलेको) बेपत्ता छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
