मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिनेछ।
काठमाडौँ– केही दिन खुलेको मौसममा मंगलबार कोशी प्रदेशबाट पुन: बदली शुरू भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ।
“बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन्। ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन्। तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन्।
राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश र बागमती र गण्डकीमा बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ।
असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
