मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाठौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ को विन्दुमा पुगेको छ। नेप्से परिसूचकमा वृद्धि भएसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
यस दिन ३०७ कम्पनीको एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँ बराबरको कारोबार नेप्सेले जनाएको छ।
यस दिन सबै समूहको उपसूचक बढेको छ। सर्वाधिक बढ्नेमा वित्त समूह रहेको छ। वित्त समूहको उपसूचक ९.७४ प्रतिशतले बढेको छ। त्यसपछि लगानी ६.१०, जलविद्युत् ५.९८, होटल तथा पर्यटन ५.९७, विकास बैंक समूह ५.४८ प्रतिशतले बढेको छ।
त्यस्तै, म्युचुअल फन्ड १.६६, उत्पादन तथा प्रशोधन २.१९, बैंकिङ ३.८२, जीवन बीमा ४.१२ र लघुवित्त समूह ३.९८ प्रतिशतले बढेको छ। त्यस्तै, निर्जीवन बीमा ३.०९, व्यापार ३.९९ र अन्य समूह ४.६७ प्रतिशतले बढेको छ।
यस दिन १८ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सरकारात्मक सर्किट लागेको छ। त्यस्तै १८ वटा कम्पनीको शेयर मूल्य नौ प्रतिशतले भन्दा बढीले बढेको छ। सबैभन्दा धेरै एनएमबी ५० को शेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एलएनजी इन्स्योरेन्सको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने अपि पावर कम्पनीको ६ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
