प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।
विद्यार्थी बोकेको स्कुल बसमा आगलागी हुँदा थाइल्यान्डमा कम्तीमा २० जनाको मृत्यु भएको छ।
उथाई थानी प्रान्तबाट शैक्षिक भ्रमणका लागि पाथुम थानीतर्फ गइरहेको उक्त बसमा मंगलबार दिउँसो उत्तरी बैंकक क्षेत्रमा आगलागी भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रि न्युज एजेन्सी एपीले लेखेको छ। बसमा शिक्षकसहित ४४ विद्यार्थी भएको बताइएको छ।
आगालागी हुनुको कारण यकिन हुन सकेको छैन। तर प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो। उद्धारकर्मीले भनेका छन्, "बस कम्प्रेस्ड ग्यासमा चलिरहेको थियो र दुर्घटनाले यसको इन्धन ट्यांकीमा आगजनी गरेको थियो।"
दुर्घटनापछि लामो समयसम्म बस निकै तातेको हुनाले सुरक्षाकर्मीलाई भित्र पस्न समस्या भएको समाचारमा उल्लेख छ। बस निकै जलेकाले शव संख्या यकिन गर्न पनि समस्या भएको छ।
गृहमन्त्री अनुतिन चर्णविरकुलले दुर्घटनाको अवस्थालाई हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। अहिलेसम्म अनुसन्धान भइरहेकाले ज्यान गुमाउनेको संख्या पुष्टि हुन सकेको छैन। तर, बाँचेकाको संख्याका आधारमा २५ जनाको मृत्यु भएको आशंका गरिएको उनले बताए। साथै उनले बस ड्राइभर बाच्न सफल भए पनि फरार रहेको र अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन्।
प्रधानमन्त्री पैतोङटार्न सिनावात्राले सामाजिक सञ्जालमा पोस्ट गर्दै शोक व्यक्त गरेका छन्। बस दुर्घटनाका धेरै तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा पूरै बस आगोले जलेको देखाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
