बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ भने २४ जना बेपत्ता छन्।
काठमाडौँ– असोज ११ र १२ गतेको अविरल भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलन मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्बाट हालसम्म २२४ जनाको मृत्यु भएको र २४ जना बेपत्ता रहेको उल्लेख छ।
त्यस्तै, १५८ जना घाइते भएका छन् उच्च जोखिममा रहेका चार ३३१ जनालाई उद्धार गरिएको विज्ञप्तिमा जनाइएको छ।
बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएका छन्, जसमध्ये काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन्।
प्राकृतिक प्रकोपबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा नौ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
