भागदौडको जिन्दगी, विभिन्न जिम्मेवारी, पैसा कमाउने वा पढाइको तनावले ९ घण्टा सुत्न मुस्किल भएको छ। के सुतेको पैसा नै पाउने भए निद्रा पर्ला त?
भागदौडको जीवनमा निद्रा धेरै नै अपरिहार्य भएको छ। निद्रा नपुग्दा अनेक रोग लाग्ने गर्छन्। विभिन्न जिम्मेवारी, पैसा कमाउने वा पढाइको तनावले ९ घण्टा सुत्न मुस्किल भएको छ। मान्छे निद्रा लगाउने औषधि सेवन गर्न बाध्य छन्।
तर सुताईको लागि पैसा पाइने भए, के तपाईं सुत्न सक्नुहुन्थ्यो त? पर्याप्त सुतेर भारतको बैंग्लोरकी सैश्वरी पाटिलले ‘स्लिप च्याम्पियन अफ द इयर २०२३’ को उपाधि जित्दै ९ लाख भारतीय रुपैयाँ पुरस्कार हात पारेकी छन्। भारतीय ‘मेट्रेस एन्ड बेडिङ’ कम्पनी वेकफिटले केही समयदेखि ‘स्लिप इन्टर्नसिप’ आयोजना गर्दै आएको छ। अहिलेसम्म यसका तीन संस्करण सम्पन्न भइसकेका छन्।
यस कम्पनीले आवेदकहरूलाई ६० दिनसम्म आफ्नो कार्यक्रममा सहभागी हुन आमन्त्रित गर्दछ, जहाँ उनीहरूले प्रायः ९ घण्टा सुत्ने, पावर न्याप (दिनमा लिइने छोटो निद्रा) लिने र नयाँ वेकफिट म्याट्रेस परीक्षण गर्नुपर्ने हुन्छ। ६ लाख जनाले दिएका आवेदकबाट छनौट भएका अन्तिम १२ प्रतियोगीबाट विजेता घोषित गरिन्छ। विजेताले ९ तथा बाँकी ११ जनाले १/१ लाख रुपैयाँ पुरस्कार पाउँछन्।

वेकफिटको स्लिप इन्टर्नसिपले प्रत्येक सहभागीलाई उनीहरूको निद्राको गुणस्तर अनुगमन गर्न प्रिमियम गद्दा ‘मेट्रेस’ र कन्ट्याक्टलेस स्लिप ट्र्याकर प्रदान गर्छ। सहभागीहरूले निद्रा विशेषज्ञहरूको नेतृत्वमा उनीहरूको निद्राको बानी सुधार गर्न कार्यशालामा भाग लिन्छन्।
तीन संस्करणमा, १० लाखभन्दा बढी आवेदन प्राप्त भएका वेकफिटले जनाएको छ। अहिलेसम्म ५१ जना यसमा सहभागी भए, जसले समग्रमा ६३ लाख भारु रकम प्राप्त गरे।
वेकफिटका प्रमुख मार्केटिङ अफिसर, कुणाल दुबेले झन्डै ५० प्रतिशत भारतीयहरू लामो समयसम्मको काम, खराब निद्राको वातावरण, तनाव र थकानका कारण चाँडै ब्युँझने गरेको बताए।
“हाम्रो स्लिप इन्टर्नसिप भारतीयहरूलाई निद्राको महत्त्वसँग पुनर्मिलन गराउने रमाइलो तरिका हो, प्रेरणाको रूपमा पुरस्कारस्वरूप केही रकम प्रदान गरेका हौँ,” दुबेले बताए।
कम्पनीले चौँथो संस्करणको लागि आवेदन खुलाइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
