बीपी राजमार्ग : जोखिम मोलेर ओहोरदोहोर (तस्वीरहरू)

बीपी राजमार्ग निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले त्रासमा छन्। आफ्नो दैनिकीलाई निरन्तरता दिनका लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान जोखिममा राखेर ‌ओहोरदोहोर गरिरहेका छन्।

काठमाडौँ– कुनै समय निकै नै चर्चा र ‘फोटोजेनिक’ राजमार्गको रूपमा चिनिएको बीपी राजमार्ग अहिले सुनसान छ। शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैन। जहिल्यै पनि सवारी आवतजावत भइरहने यो राजमार्गमा सन्नाटा छाएको छ । यो राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीयहरू अहिले त्रासमा छन् । आफ्नो दैनिकीलाई निरन्तरता दिनका लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान जोखिममा राखेर ‌ओहोरदोहोर गरिरहेका छन्। रोशी गाउँपालिका ७ पुग्दासम्म दुई ठाउँमा त सडक नै छैन। मानिसहरू भिरमा सकसपूर्ण रूपमा आवतजावत गरिरहेका देखिन्छ। हेर्नुहोस् तस्वीरहरू: