सहकारी ठगी मुद्दामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
काठमाडौँ– सहकारी ठगी मुद्दामा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
उनी इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराका सञ्चालक समितिका उपाध्यक्षसमेत हुन्।
सहकारीका बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलनको आरोपपछि फरार भएका नेपालीलाई खोज्न प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। उनलाई दिल्लीबाट पक्राउ गरेर बागलुङ पुर्याइएको थियो।
मंगलबार थुनछेक बहसपछि बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी निरीक्षक केशव थापाका अनुसार अदालतले आदेशसँगै नेपालीलाई जिल्ला कारागार पठाइएको छ।
उनीसँगै पक्राउ परेका ओमबहादुर नेपालीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनीसँग डेढ लाख रुपैयाँ धरौटी माग गरेको हो।
बचतकर्ताले नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० शेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
