काठमाडौँबाट बाहिरिने सवारीको चाप अत्यधिक भएपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ– काठमाडौँबाट बाहिरिने सवारीको चाप बढेपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।
गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक र पृथ्वीराज मार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो। तर केही दिन सवारी आवागमन रोकिएको र चाडबाड नजिकिएर काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेपछि मन्त्रालयले निर्णय फिर्ता लिएको छ।
निर्णय फिर्ता भएसँगै यस सडक खण्डमा सवारी निर्बाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।
असोज ११ र १२ गतेको अविरल भारी वर्षाका कारण आएको पहिरोमा परी सवारीसाधन पुरिएर जनधनको क्षति भएपछि सरकारले जोखिमयुक्त सडकमा राति सवारीसाधन सञ्चालन गर्न दिएको थिएन।
त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो। यहाँको पहिरोमा ३५ जनाले ज्यान गुमाए भने झन्डै दर्जन सवारीसाधनमा क्षति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
