बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड पनि अवरुद्ध छन्।
काठमाडौँ– असोज १० देखि १२ गतेको मनसुनी विपद्का कारण अवरुद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध छन्। नेपाल प्रहरीका अनुसार बाढी पहिरोले अवरुद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छैनन्। अन्य सात सडक खण्ड एकतर्फी खुलाइएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अवरुद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए।
प्रहरीले मंगलबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार दक्षिणकाली–सिस्नेरी, ललितपुरको लेले–टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरुद्ध छ। यस्तै, बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरुद्ध छन्।
मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबिसे–तातोपानी, रामेछाप–सिन्धुली–खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी–अर्घाखाँची–ढोरपाटन सडक खण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडक खण्ड पनि अवरुद्ध रहेका प्रहरीले जनाएको छ।
अवरुद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन्।
एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरुद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने मंगलबार राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
