मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ। यसअनुसार धार्मिक महत्वका नदी, सरोवर र कुण्डमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन्।
महोत्तरी– असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। असोज २ देखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ। बुधबार नै औँसी श्राद्ध पनि गरिन्छ।
पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदा र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ।
कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ।
मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ। यसअनुसार धार्मिक महत्वका नदी, सरोवर र कुण्डमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन्।
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ ।
औँसीका दिन यसअघि रोकिएका श्राद्ध पनि गर्न सकिने हिन्दू मैथिल परम्पराको कर्मकाण्डीय विधान रहेको बर्दिबास–२ का पुरोहित महेशकुमार झाले बताए।
दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृहरूलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ।
पितृपक्षको समाप्तिसँगै बिहीबार दुर्गापक्ष अर्थात् बडादशैँ शुरू हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
