अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ।
धनुषा– बाढीपहिरो र डुबानबाट मधेशमा व्यापक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार ५ अर्ब रुपैयाँभन्दा बढीको हानी भएको छ।
अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। जोशीका अनुसार मधेशको धानखेती तहसनहस भएको छ। मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ।
मधेश प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेश प्रदेशमा कृषि क्षेत्रमा ५ अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ। प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको छ।
यसैगरी चार हजार ३९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ।
कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार ३०० हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षति अनुमान गरिएको जनाए। डुबानका कारण पशुपक्षी मर्दा ७६ लाख बराबरको क्षति भएको छ।
मधेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ। रौतहटमा १० हजार २४३ हेक्टरको धान बाली प्रभावित हुँदा एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार ३६७ हेक्टरको धान बाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा ६ हजार ४७२ हेक्टर क्षेत्रमा लगाइएको धान बाली प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ।
यसैगरी सर्लाहीमा ६ हजार ५८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा ६९ करोड, सिरहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ। पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ। मधेशमा १४ हजार २०५ पशुपक्षी मरेका छन्। धनुषामा ७०० हेक्टर बालीमा क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
