राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।
राजविराज– दशैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाका मुख्य सडक मर्मत हुन सकेका छैनन्। हनुमाननगर–राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको चालक बताउँछन्। मंसापुरको सडकमा ६ वर्षदेखि खाल्डो हुँदा पनि सडक विभागले सडक मर्मत नगरेको स्थानीय शैलेन्द्र सिंहले बताए।
सडेपार र मंसापुरको बिचमा अवस्थित सडकमा रहेको खाल्डोका कारण सामान्य वर्षा हुँदा पनि पानी जमेर पोखरी बन्ने गर्छ। सप्तरीका प्रसिद्ध दुई शक्तिपीठ रहेकाले यही सडक भएर दशैँमा हजारौँ भक्तजन यात्रा गर्ने गर्छन्।
भारदहस्थित कंकालिनी मन्दिर र राजविराजदेखि ११ किलोमिटर दक्षिणमा अवस्थित छिन्नमस्ता भगवती मन्दिरमा दशैँमा भीड लाग्ने गर्छ। सडकको अवस्था नाजुक हुँदा समस्या भएको सवारीचालक रमेन यादवले बताए।
“राजविराजदेखि हनुमाननरसम्मको १४ किलोमिटर सडक गुणस्तरहीन भएकाले पुरै भत्किएर जीर्ण छ। सडकमै पोखरी छिचोल्दै गाडी चलाउनुपर्ने बाध्यता छ। कतिखेर गाडी पल्टिन्छ टुंगो हुन्न,” उनले भने।
खासगरी मोटरसाइकल, अटो, सिटी रिक्सालगायत सवारीसाधन गुडाउन बढी जोखिम रहेको यात्रु बताउँछन्। वर्षौंदेखि जीर्ण सडकका कारण धुलो उड्दा स्वास्थ्यमासमेत असर गरेको स्थानीयको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
