वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकामा ज्यान गुमाउनेको संख्या बुधबार दिउँसो दुई बजेसम्म ६६ पुगेको छ।
काठमाडौँ– वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेका अनुसार बुधबार दिउँसो दुई बजेसम्म ललितपुरमा ४४, काठमाडौँमा १७ र भक्तपुरमा ५ जनाको ज्यान गएको हो। अहिलेसम्म २१ सय ९७ जनाको उद्धार भएको छ। ललितपुरमा अझै ७ जना तथा काठमाडौँमा २ जना बेपत्ता छन्। उनीहरूको खोजीकार्य भइरहेको प्रवक्ता घिमिरेले बताए।
यस्तै, बाढीमा परेर घाइते भएका ३६ जनामध्ये १९ जना डिस्चार्ज भइसकेका छन् भने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा आएको बाढीले डुबान निम्त्याउनुका साथै विभिन्न ठाउँमा पहिरो पनि गएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
