पछिल्ला दुई कारोबार दिन उच्च उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।
काठमाडौँ– पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा बुधबार रोकिएको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।
आज ३१० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५,८८१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज वित्त समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १.८२ प्रतिशतको गिरावट देखिएको छ। बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.७४, लगानी १.५२ र जीवन बिमा ०.४० प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.७९, लघुवित्त १.१२, म्युचुअल फन्ड ०.४१, व्यापार १.१८ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २० करोड ७१ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर सात लाख नौ हजार ८६७ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
