घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।
काठमाडाैँ– दशैँ नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त देखिन्छन् ५८ वर्षीय बिकाउ पण्डित र उनीसँगै काम गर्ने अन्य कालिगड। विगत ४१ वर्षदेखि मूर्ति बनाउन थालेका पण्डित अहिले पनि उस्तै फुर्तीका साथ काम गरिरहेका छन्।

दशैँमा दुर्गा, गणेश, कुमार र सरस्वतीको पूजा गर्ने प्रचलन रहेको हुनाले विभिन्न ठाउँबाट माग भई आएअनुसार मूर्ति बनाउन उनीसँगै अन्य कालिगडहरू व्यस्त छन्। घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।

"दशैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको कारण हाम्रो काम पनि बढेको छ," पण्डितले भने। मूर्तिको आकार र सेटअनुसार ६० हजारदेखि ७० हजार रुपैयाँसम्म बिक्री हुने गरेको पण्डित बताउँछन्।

घटस्थापनाका दिन दुर्गा देवीको मूर्ति स्थापना गरेर सप्तमीमा आँखाबाट पट्टी खोल्ने काम हुन्छ। महिषासुरलाई सप्तमीको दिन दुर्गा देवीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ। त्यसपछि दशमीको उक्त मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
