इजरायलका विदेशमन्त्री काट्जले राष्ट्रसंघका महासचिव गुटरेसलाई 'इजरायल विरोधी' भएको तथा आतंकवादी र बलात्कारीलाई समर्थन गरेको आरोप लगाएका छन्।
इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन्।
उनले भनेका छन्, “इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई पनि इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन।”
साथै उनले राष्ट्रसंघका महासचिवप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “गुटरेसले अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा गरेका छैनन्, न त उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्न कुनै प्रयास नै गरेका छन्।”
मंगलबार इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणको गुटरेसले 'स्पष्ट रूपमा निन्दा' नगर्नु उनको असफलता भएकाले आफूले यस्तो निर्णय गरेको काट्जले बताएका छन्।
उनले संयुक्त राष्ट्र प्रमुखलाई 'इजरायल विरोधी' भएको र आतंकवादी, बलात्कारी र हत्याराहरूलाई समर्थन गरेको आरोप लगाउँदै भने, "गुटेरेसलाई आगामी पुस्ताका लागि राष्ट्रसंघको इतिहासमा दागको रूपमा सम्झिनेछ।"
यस्तै, उनले राष्ट्रसंघको सहयोगबिना इजरायल आफ्ना नागरिकको रक्षा गर्नसक्ने बताए। “इजरायलले एन्टोनियो गुटेरेसको साथ वा बिना नै आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,” उनले भने।
भूमिगत कारबाहीमा इजरायल
अघिल्लो वर्षको अक्टोबर ७ देखि गाजा युद्ध शुरू भएसँगै लेबनानको शिया समर्थक हिजबुल्लाहले पनि इजरायलमा आक्रमण गर्दै आएको थियो। गत हप्ता लेबनानमा पेजर र वाकिटाकी विस्फोटका घटना र लगत्तै इजरायली आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्युपछि युद्धले ठूलो रूप लिइरहेको छ। गाजा युद्ध अब लेबनानतर्फ सरेको देखिन्छ। तथापि इजरायली सेनाले गाजामा पनि हमासलक्षित आक्रमण भने जारी राखेको जनाएको छ।
बुधबार इजरायलले लेबनानमा भूमिगत सैन्य कारबाहीका लागि थप सेना पठाएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा ‘हिजबुल्लाह लक्ष्यहरू विरुद्ध सीमित र लक्षित कारबाही’ गर्न ‘अतिरिक्त बलहरू’ पठाएको जनाएको छ।
यसअघि हिजबुल्लाहले लेबनानमा रहेको इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो। हिजबुल्लाहले बुधबार बिहान इजरायली सेनासँग झडप भएको र आफ्ना लडाकुहरूले इजरायली गस्तीको सामना गर्दै पछि हट्न बाध्य पारेको जनाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
