मधेश प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।
जनकपुर– मधेश प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे बुधबार घोषणा गरेका हुन्।
मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। उनले बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री सिंहले विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद समेत दिए। उनले यसअघि बाढीबाट प्रभावित गाउँबस्तीमा पुनःस्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाइ काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थासँग आग्रह गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
